काठमाडौं –  भिजिबिलिटी कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रअवतरण प्रभावित भएको छ ।


ADVERTISEMENT


बिहान भिजिबिलिटी ६ सय मिटरमा सीमित भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


फ्लाइ दुबईको जहाजलाई भारतको लखनउ डाइभर्ट गरिएको छ । दश बजेपछि ११ सयभन्दा माथि भिजिबिलिटी देखिएको तर उडान र अवतरणमा समस्या कायमै रहेको उनले बताए ।

उडान सुरु हुन नसक्दा अहिले विमानस्थलमा यात्रु पर्खाइमा छन् ।