काठमाडौँ – टीकापुर प्रकरणमा थुनामा रहेका रेशम चौधरीको रिहाईका लागि टीकापुर थारु विद्रोह राजबन्दी रिहाई भेला भएको छ । रञ्जिता श्रेष्ठको नेतृत्वमा शुक्रबार काठमाडौँमा भेला सुरु गरिएको हो ।


ADVERTISEMENT


रेशम चौधरीलाई थुनामुक्त गर्ने लगायतका राजनीतिक विषयमा छलफलका लागि आयोजित कार्यक्रमको पहिलो दिन शुक्रबार श्रेष्ठले कार्यपत्र प्रस्तु गरेकी छन् । शनिबारसम्म चल्ने उक्त कार्यक्रममा देशभरबाट रेशम चौधरीका समर्थक तथा नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।


ADVERTISEMENT

# # #


भेलामा रेशम चौधरी नेतृत्वको राजनीतिक दल खोल्ने समेत तयारी भइरहेको बुझिएको छ । कैलालीबाट प्रत्यक्ष निर्वाचन जितेर संसदको यात्रा तय गरेका उनलाई जेलबाट बाहिर निकालेर तत्कालीन सभामुख कृष्णाबहादुर महराबाट सपथ खुवाउँदै पुनः जेलमै पठाइएको थियो ।

चौधरीको रिहाईको माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारसँग माग गरे पनि उनी थुनामुक्त हुन सकेका छैनन् ।