काठमाडौँ– नेपाली कांग्रेसका युवा महाधिवेशन प्रतिनिधिहरुले उचित नेतृत्वकर्ता चयनको सम्बन्धमा सोच्नुपर्ने बेला आएको बताएको छ ।


ADVERTISEMENT


आगामी मंसिर २४ गते हुन लागेको केन्द्रिय महाधिवेशन र हाल पहिलो पटक सञ्चालन भइरहेको कांग्रेस प्रदेश महाधिवेशनले एजेन्डासहितको नेतृत्वकर्ता चयन गर्नुपर्ने युवा महाधिवेशन प्रतिनिधिको भनाई छ ।


ADVERTISEMENT

# # #


काङ्ग्रेसलाई कस्तो पार्टी बनाउने? कस्तो आचरणको नेतालाई केन्द्रिय समिति, केन्द्रिय पदाधिकारी,केन्द्रिय सभापतिमा निर्वाचित गर्ने युवा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी रहेको भन्दै यसबारे सोच्ने बेला आएको युवा प्रतिनिधिको ठम्याई छ ।

एक विज्ञप्ति जारी गर्दै सो प्रतिनिधिले देशको भविष्य बोकेको पार्टीको वर्तमान र भविष्य पनि त्यतिनै उज्ज्वल बनाउनुपर्नेमा समेत जोड दिएको छ । विभिन्न एजेण्डा उल्लेख गर्दे युवा प्रतिनिधिले सो एजेन्डा भएको व्यक्तित्वलाई मात्रै कांग्रेस नेतृत्वकर्ताके रुपमा चयन गर्न आग्रह समेत गरेको छ ।

जसमा नैतिकवान नेता, सुहाउँदो एवम् प्रष्ट भिजन, मिसन भएको तथा पार्टी, भातृ– संस्था र सुवेच्छु संस्थालाई चलायमान बनाउन सक्ने लगायत जात, धर्म, वर्ग एवम् भूगोलका आधारमा राजनीति नगरी देश,जनता र राष्ट्रप्रति सधैं बफादार रहने नेतृत्व भएका बुद्धिजिवी हुनुपर्ने उनीहरुको माग छ ।

यस्तो छ, योग्य नेतृत्वकर्ताका निमित्त युवा महाधिवेशन प्रतिनिधिका मागहरु

१.  नैतिकवान नेता,
२.  प्रष्ट भिजन,मिसन भएको
३. नेपाल सुहाउँदो भिजन,मिसन भएको
४. पार्टी,भातृ-संस्था र सुवेच्छु संस्थालाई चलाएमान बनाउन सक्ने
५. सरकारको नेतृत्व गर्दा शिक्षा,स्वास्थ्य,संचार,यातायात र विकासको प्रष्ट खाका भएको
६. काङ्ग्रेस र देशमै सवैको नेता बन्न सक्ने,गुटविहिन काङ्ग्रेस बनाउन पहल गर्ने
७. आम निर्वाचनमा पार्टी लाई पहिलो पार्टी बनाउन रणनीति बनाउन सक्ने कुसल र कुटनैतिक क्षमता भएको
८. सरकारको नेतृत्व गर्दा,नेपालमा सरकार संचालनको साझा कार्यक्रम र सदाबहार,सर्व स्विकार्य कार्यक्रम दिन सक्ने नेतृत्व
९. कार्यकर्ताको मनोभावना बुझी,कार्यक्रता मुखि बन्ने नेतृत्व
१०.  जात,धर्म,वर्ग र भूगोलका आधारमा राजनीति नगर्ने, देश,जनता र राष्ट्रप्रति सधैं बफादार रहने नेतृत्व ।