काठमाडौं – प्रहरीले १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका–६ का प्रदीप घिमिरे, बिदुर नगरपालिका–२ का राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की रहेका छन् ।


ADVERTISEMENT

# # #


महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीको टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अुनसार उनीहरुको साथबाट उक्त परिमाणको पदार्थ सहित फेला पारी बरामद समेत गरेको छ ।

उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जानकारी दिएको छ ।