चितवन – नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


अध्यक्ष पदका लागि मंगलबार भएको मतदानमा अध्यक्ष ओलीले कुल खेसेका २ हजार ७९ मत मध्ये १८०८ मत लिएर जित हासिल गरेका हुन् । उनका अर्को प्रत्यासी भीम रावलले २१३ मत मात्रै प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


मंसिर १० गतेदेखि चितवनको सौराहामा सुरु भएको एमालेको १०औँ महासधिवेशनले आगामी कार्यकालका लागि नेतृत्वदेखि सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरेको थियो । अध्यक्ष ओलीले एकताको सन्देश दिन भन्दै सर्वसम्मतीको प्रयासस्वरुप भीम रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।

तर, रावल र घनश्याम भुसालले आफू कुनै पनि हालतमा सर्वसम्मती नमान्ने र निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडान राखेका थिए । जस अनुसार रावलले अध्यक्षका लागि र भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

अध्यक्ष र उपाध्यक्षसँगै सचिव र केन्द्रीय सदस्यमा पनि निर्वाचन भएको थियो भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल सर्वसम्मत चयन भएका थिए ।