चितवन – नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व छान्न अहिले मतदान भइरहेको छ । सोमवार राति केन्द्रीय निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरेपछि अहिले मतदान भइरहेको हो ।


ADVERTISEMENT


उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन ढिला भएपछि मतदानको समय मङ्गलवार बिहान २ बजेदेखि ८ बजेसम्म सरेको निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीमा एमाले अध्यक्षमा केपी शर्मा ओली र भीमबहादुर रावल, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुषाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, सुवास चन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।

महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमालले उम्मेदवारी दिएका छन् ।