काठमाडौँ – तारा राई नेकपा एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यको आदीवसी जनजाती तर्फको महिला कोटामा सर्वसम्मत चयन भएकी छन् । ८ जनाको पदमा ९ जनाले उम्मेदवारी दिए पनि राई सर्वसम्मत भएकी हुन् ।


ADVERTISEMENT


निर्वाचित भएपछि राईले आफूले पार्टीमा आदीवासी जनसमुदायको हक, हित र सुधारका कुराहरु र महिलाका मुद्दाका पक्षमा आवाज उठाउने बताइन् । हिमालय पोष्टसँग छोटो कुराकानी गर्दै राईले राज्यका नीति निर्माणका लागि एमालेले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आफू केन्द्रीय कमिटीमा गइसकेपछि आदीजनजाती समुदाय र महिलाका पक्षका मुद्दाहरुमा आफूले वकालत गर्ने उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


पार्टी र प्रतिनिधिहरुलाई धन्यवाद दिँदै राईले जनजाती समुदायमा नेकपा एमालेको संगठन विस्तारका लागि आफ्नो भूमिका रहने बताइन् । उनले भनिन्, ‘नेकपा एमाले म आदीवासी जनजातीको हक, हित र सुधारका कुराहरुमा हाम्रो पार्टीले कसरी अघि ल्याउने भन्ने कुरामा ध्यान दिन्छु । समग्र रुपमा नेकपा एमालेको संगठन विस्तार र सुदृढीकरणमा प्रयास गर्छु ।’

उनले पार्टीको नीति, कार्यक्रम, विचार र निर्देशनभित्र रहेर आफू काम गर्न आफू प्रतिवद्ध रहेको बताइन् ।

संविधानसभा सदस्य समेत रहेकी तारा राई मोरङबाट १० औं महाधिवेशनका लागि प्रतिनिधि चुनिएकी थिइन् । वर्तमान राष्ट्रपति विद्या भण्डारीसँगै भोजपुरबाट राजनीति सुरु गरेकी राई एमालेभित्र संघर्षशील महिलाको रुपमा परिचित छिन् ।