चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र अन्य नेताहरु सहित महाधिवेशन प्रतिनिधिहरु बन्द सत्र हल प्रवेश गरेका छन् ।


ADVERTISEMENT


ओली हल प्रवेश गरेसँगै उनका समर्थकहरुले बाहिर नाराबाजी गरिरहेका छन् । उनीहरुले सहमतिका पक्षमा नाराबाजी गरेका हुन् ।


ADVERTISEMENT

# # #


बन्द सत्रको हलमा यसअघि नै अन्य नेताहरु र महाधिवेशन प्रतिनिधिहरु पुगिसकेका छन् । ओली प्रवेश गरेसँगै बन्द सत्र सुरु हुनेछ । बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र सहमतिमा नेतृत्व टुंग्याउने भन्दै करिब १२ घण्टा ढिलो भएको हो ।

सहमतिका लागि नेताहरुले आज दिनभर प्रयत्न गरेका थिए । ३०१ केन्द्रीय कमिटी सदस्यहरु र केही पदाधिकारीमा टुंगिए पनि अन्य केही पदका लागि भने सहमति जुट्न सकेको छैन । अध्यक्षका प्रत्यासी भीम रावलले टीके प्रथाबा गरिने पदाधिकारी चयन आफूलाई मान्य नहुने भन्दै विरोध जनाउँदै आएका छन् ।