चितवन – नेकपा एमालेको जारी दशौँ राष्ट्रिय महाधिवेशनका लागि पदाधिकारी टुंग्याउन अध्यक्ष ओली बसेको होटेल पार्क सफारी रिसोर्ट पुगेका एमाले नेताहरु बाहिरिएका छन् ।


ADVERTISEMENT


महासचिव ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, महेश बस्नेत लगायतका नेताहरु ओलीसँग छलफल पछि बाहिरिएका हुन् । पदाधिकारी र केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गर्ने भन्दै दिनभरदेखि छलफल र सहमतिको प्रयास भइरहेको छ ।


ADVERTISEMENT

# # #


बिहान १० बजे बस्ने कार्यतालिका रहेको महाधिवेशन बन्द सत्र अहिलेसम्म सुरु हुन सकेको छैन । नेताहरुले छलफल गर्ने भन्दै साँझ ७ बजे बन्द सत्र सुरु गर्ने सूचना निकालेको थिए । तर, छलफल नसकिएकाले १ घण्टा पछि धकेलिएको थियो ।