काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमै चयन गर्नका लागि प्रयास भइरहेको बताए ।


ADVERTISEMENT


महाधिवेशनस्थल चितवनमा सञ्चारकर्मीहरुसँग बोल्दै प्रमुख सचेतक भट्टराईले आज बेलुकासम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरेरै छाड्ने जिकिर गरेका हुन् । उनले भने, ‘बाहिर हल्ला गरेर उम्मेदवारी घोषणा गरे पनि निर्वाचन आयोगमा कसैले उम्मेदवारी दर्ता गराएका छैनन् । यत्ति हो कि हामी आज बेलुकासम्म सर्वसम्मत रुपमा नेकपा एमालेको नेतृत्व निर्माण गरेरै छाड्छौँ ।’


ADVERTISEMENT

# # #


सर्वसम्मतीको प्रयास जारी रहेको बताउँदै उनले भने, ‘सहमतिको सम्भाजना धेरै नै छ । यसको प्रस्तावक नै हामी हौँ । विधान संशोधन गरेरै भए पनि महाधिवेशनलाई शान्तिपूर्ण, सौहार्दपूर्ण र सर्वसम्मत तरिकाले सम्पन्न गरौँ भन्ने हिसाबले हामी लागेकाले यसको सम्भावना प्रबल छ र हुन्छ ।’

नेतृत्वको बीचमा उत्पन्न समस्या समाधानका लागि प्रयत्न हुँदा अलिकति समय लागेको हो । छिट्टै प्रारम्भ हुन्छ । अब प्रारम्भ हुँदा सकिनेगरी हुन्छ । धेरै समय लाग्दैन ।’ प्रमुख सचेतक भट्टराईले देशभरका सबै वडा र पालिकामा एकैपटक सर्वसम्मत गरेकाले त्यहाँबाट आएका प्रतिनिधिले सर्वसम्मत गर्नैपर्ने बताए ।

दशौँ महाधिवेशनपछिको नेकपा एमाले सुविचारित र सुसंगठित हुने बताउँदै उनले एमालेका विरुद्धमा बनेको गठबन्धनलाई चिर्नसक्ने गरी एमालेको नेतृत्व निर्माण हुने जिकिर गरे । उनले नयाँ नेतृत्वले नेकपा एमालेलाई गाउँदेखि केन्द्रसम्मै बलियो बन्ने दाबी गरे ।