काठमाण्डौ-इटालीका भेट्रान गोलरक्षक जियानलुजी बफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । विश्वकप छनोट अन्तर्गत युरोपेली प्लेअफको दोस्रो लेगमा स्विडेनसँग गोलरहित बराबरी खेलेर विश्वकपमा छनोट हुन नसकेपछि उनले सन्यास लिएका हुन् । इटली स्वीडेनसँग समग्रमा १-० ले पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएको हो ।


ADVERTISEMENT


इटालाई सन् २००६ को विश्वकपसमेत जिताएका उनले कप्तानको रूपमा रूस यात्रा गर्न चाहन्थे तर घरेलु मैदानमा अप्रत्सासित नतिजासँगै आफ्नो २० वर्षे अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिएका हुन् । सन् २०११ को फेब्रुअरीदेखि इटालीको राष्ट्रिय फुटबल टिमलाई नेतृत्व दिएका बुफोनले यसअघि नै यो सिजनको अन्त्यसँगै फुटबलबाट सन्यास लिने बताएका थिए।


ADVERTISEMENT

# # #


‘यो दुस्ख छ की मेरो अन्तिम खेलमा विश्वकपका लागि छनोट हुन नसक्नु संयोग गरह्यो,’ स्विडेनसँग बराबरीमा रोकिएपछि सन्यास लिँदै ३९ वर्षे बफोनले भने, ‘अन्तिम औपचारिक खेल विश्वकपमा छनोट हुन असफल भएर टुंगिनु लाजको कुरो हो । यसको दोष सबैले बराबर लिनु पर्छ, कोही यसबाट चोखो रहन सक्दैन ।’ इटलीका लागि १७५ अन्तर्रष्ट्रिय खेल खेलिसकेका उनी इटलीका लागि सर्वाधिक खेल खेल्ने खेलाडि समेत हुन् । इटालीयन फुटबलको भविष्य निकै राम्रो छ, हामीसँग हाम्रो इतिहास छ, खुबी छ, त्यो भन्दा पनि ठूलो कुरा नराम्रो परिवेशबाट बाहिर निश्कन सक्ने क्षमता र धैर्यता हामीसँग छ’, बुफोनले भने ।
सन् १९९७ मा रुस विरुद्ध राष्ट्रिय टिमबाट डेब्यु गरेका उनी इटालीयन सिरी ए क्लब युभेन्टसका कप्तानसमेत हुन् । बल रोक्न सक्ने उत्कृष्ट क्षमताका लागि परिचित उनी विश्व फुटबलको इतिहासमा सबैभन्दा महंगा गोलरक्षक समेत हुन् । सन् २००१ मा पार्माबाट ५२ मिलियन युरोमा युभेन्टस आएर कीर्तिमान बनाएका, त्यो अहिलेसम्म तोडिएको छैन । क्लब तथा राष्ट्रिय टिमबाट गरी ८ सय ३९ खेल खेलेका बुफोन सिरी ए तथा इटालीबाट सबैभन्दा धेरै खेलमा गोल नै नखाने गोलरक्षकसमेत हुन् ।