काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वार्थका कारण विभिन्न दलहरु विभाजन भएको बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालका राजनीतिक दलहरु स्वार्थमा विभाजित भएको बताएका हुन् । उनले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउने यात्रामा प्रतिबद्ध हुन आह्वान नेकपा एमालेलाई आह्वान गरे । प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको भएकाले संवाद मार्फत विभिन्न समस्या समाधान गर्नु पर्ने बताए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र कतिपय एमालेका नेताहरूसँगै आफूले जेल जीवन विताएको स्मरण समेत गरे । हिजो आफूहरूले भोगेका दुःखलाई ध्यानमा राख्दै भोलिका दिनमा त्यस्ता दुःख कसैले भोग्नु नपरोस् भन्नेमा ध्यान दिन जरुरी रहेको प्रधानमन्त्री देउवाको भनाई छ ।

लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेको भन्दै प्रधानमन्त्री देउवाले एमाले नेतृत्वलाई बधाई तथा शुभकामना दिए । उनले देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको समेत बताए ।