जनकपुर– बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा ज १ त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको हो ।


ADVERTISEMENT

# # #


लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस