काठमाडौँ–  नेपालमा पछिल्लो समय कम उमेर समूह र महिला धुम्रपान सेवनकर्ताको संख्या बढ्दो देखिएको छ ।


ADVERTISEMENT


गैर–सरकारी संस्था एक्शन नेपालद्वारा बुधवार आयोजित सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन् सम्बन्धी बहुपक्षिय पैरवी बैठकमा बोल्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)का सदस्य सचिव तथा कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले पछिल्लो समयमा नेपालमा कम उमेर समूह र महिला धुम्रपानकर्ताको संख्या बढ्ने क्रममा रहेको जनाएको हो ।


ADVERTISEMENT

# # #


‘सन् २०१९ सम्म आइपुग्दा नेपालमा धुम्रपान सेवनकर्ताको दर घटेपनि महिला एवम् कम उमेर समूह धुम्रपानकर्ताको संख्या भने बढेको देखिन्छ’, उनले भने । यस्तै, धुम्रपान  मृत्युदर बढाउने प्रमुख कारक तत्व समेत रहेको बताउँदै उनले थपे, ‘सन् २०१९ मै गरिएको अर्काे अध्ययन आकँडाले १७.७ प्रतिशत व्यक्तिमा धुम्रपानकै कारण मृत्युको जोखिम बढेको समेत देखिएको छ ।’

नेपालमा सन् २०१६ देखि २०१८ सम्म गरेको अध्ययन आँकडाले धुम्रपानकै कारण २० वर्ष माथिका अधिकांशमा मृत्युको जोखिम बढाउने सिओपिडी(कडा खालको दम)  को समस्या समेत निम्त्याएको देखिन्छ । नसर्ने रोगबाट हुने मृत्युको प्रमुख कारण रहेको यस धुम्रपानबाट नेपालमा वार्षिक रुपमा झण्डै २५ हजारको हाराहारी अर्थात्, वर्षेनी २४८०० ले ज्यान गुमाइरहेका छन् ।

‘यदि यो आँकडा कोभिड–१९ बाट ज्यान गुमाउनको संख्यासंग तुलना गर्ने हो भने, चार गुणा बढि संख्या हो’, कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द बहादुर चन्दले बताए । ‘कोभिड–१९ संक्रमण सुरु भएदेखि अहिलेसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५००(मंगलबार बेलुकीसम्मको डाटाअनुसार) रहेको देखिन्छ भने सुर्तीजन्य पदार्थ सेवनकै कारण वार्षिक २४ हजार ८०० ले ज्यान गुमाई राखेका छन्’, थप्दै उनले भने ।

यसका लागि सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र प्रयोग रोक्न चेतावनीमूलक सन्देशको पालना र प्लेन प्याकेजको विषयमा पैरवी गर्नकार्यक्रममा उपस्थित विशेषज्ञहरुले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

बचाउन सकिने मृत्यु पनि भनिने यसको रोकथामकै लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सुर्तीजन्य पदार्थ सेवन नियन्त्रण एवम् रोकथामलाई मुख्य रणनिति बनाई एक्शन नेपाल, डब्लूएचओ, एपीक्याट, दि युनियन लगायतका विभिन्न सरकारी एवम् गैरसरकारी संस्थासंगको सहकार्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

जसअन्तर्गत सुर्तीजन्य पदार्थको प्याकेटमा पिक्टोरियल वार्निङ्ग(फोटो अंकित चेतावनी), करको वृद्धि तथा सार्वजनिक रुपमा धुम्रपान सेवन एवम् सूर्तीजन्य पदार्थ बेचबिखनसम्बन्धि विभिन्न कानुनको अवधारणा समेत ल्याइएको छ । यद्यपि उचित रुपमा कार्यन्वयन एवम् अनुगमनको अभावमा अझै पनि यससम्बन्धि निर्मित कानुन भने अन्योलमै रहेको देखिन्छ ।