काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले अव कुनै पार्टीसंग एकता नगर्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा युवा संघ अन्तर्गतको साइबर सर्कल घोषणा कार्यक्रममा ओलीले एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको भन्दै अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताएका हुन् । उनले माधव नेपालमा गएका नेताहरुलाई एमालेमा नै फर्कन पनि आग्रह गरे। अध्यक्ष ओलीले कांग्रेसको पुच्छर समातेर धेरै फुर्ति नलगाउन माधव नेपाललाई चेतावनी दिए । उनले एमाले बिगार्न नसकेर कांग्रेसलाई बिगार्न प्रचण्ड लागिपरेको भन्दै सजक रहन कांग्रेसलाई सुझाव दिए ।


ADVERTISEMENT

# # #


अदालतको फैसलाबाट जनमतलाई पराजित गरेको भ्रम केहिले पालेको भन्दै उनले जनताले जित्नेकी जनविरोधीहरुले जित्ने निर्णय हुन बाँकी रहेको तर्क गए । उनले एमाले भनेको पार्टीको नाममात्र नभएर नेपाली जनताको प्रतिनिधि शक्ति भएको दाबी गरे । अध्यक्ष ओलीले पाँच दल कै कारण अदालतमा समस्या देखिएको बताए। सर्वोच्च अदालतको विवादलाई क्यान्सरको संज्ञा दिँदै ओलीले उक्त विवाद सामान्य रुपमा साम्य नहुने बताए । त्यस्तै ओलीले माओवादी नेताले जनताका छोराछोरीलाई युद्धमा होमेर आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै प्रचण्डप्रति कटाक्ष गरे

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सञ्चार क्षेत्रमा बैदेशिक लगानीलाई सरकारले नै प्रोत्साहन गर्नु दुर्भाग्य भएको टिप्पणी गरे । युवा संघको यसअघिको ‘साइबर सेना’ को नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो ।