नवलपुर – नेपालका  अर्बपति विनोदकुमार चौधरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । चौधरी नवलपुर क्षेत्र नं १ बाट  सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।


ADVERTISEMENT


चौधरी केहि समय पहिले नेकपा एमालेका तर्फबाट संविधान सभाका सदस्य पनि भएका थिए । पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि उनी कांग्रेसको राजनीतिमा आएका हुन् ।


ADVERTISEMENT

# # #


चौधरी नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि गठित सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संयोजक रहेको आर्थिक समितिको सल्लाहकार समेत रहेका छन् ।

नवलपुरमा सोमवार दुई वटा सङ्घीय निर्वाचन क्षेत्रमा मनोनयन भएको छ । मङ्गलबार मतदानबाट सम्पन्न हुने अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।