धनगढी – बैतडीको गोठालापानीनजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्शन खड्काका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका अन्दाजी ४८ वर्षका राजेन्द्रबहादुर चन्द, सोही ठाउँका अन्दाजी ३८ वर्षका धनबहादुर चन्द, अन्दाजी वर्ष ६५ का प्रेम चन्द, अन्दाजी ६५ वर्षका तारासिंह थापा र वर्ष ५८ का खेमसिंह कार्की छन् ।


ADVERTISEMENT


जिपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको इन्स्पेक्टर खड्काले बताए । गम्भीर घाइते हुनेमा ५८ वर्षका हर्कबहादुर चन्द र जिप चालक डडेल्धुरा घर भएका दीपक माली छन् । दुई जनाको अवस्था चिन्ताजनक भएकाले अस्पताल पठाउने काम भइरहेको इन्स्पेक्टर खड्काले बताए ।


ADVERTISEMENT

# # #


बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।

जिप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ। जिप कसरी दुर्घटना भएको भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ।