काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविरको आयोजना गरिएको छ ।
भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा योग शिविरको आयोजना भएको हो ।
उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले योग अभ्यासमा योगगुरु रामदेवको योगदानको चर्चा गरेका थिए । उनले भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई सम्मान पनि गरेका थिए ।
भिडियो हेर्नुहोस्: