दमौली – नेपाली कांग्रेसकी युवा नेतृ एलिजा ढकाल लोकप्रिय मतसहित प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी छिन् । नेपाल विद्यार्थी संघको नेतृ समेत रहेकी ढकालले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् ।


ADVERTISEMENT


तनहुँ कांग्रेसको क्षेत्र नम्बर १ ‘क’बाट नेतृ ढकालले प्रदेश प्रतिनिधिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । युवा नेतृ ढकालले सबैभन्दा धेरै र लोकप्रिय मत पाएको तनहुँ कांग्रेसका कार्यकर्ताहरूले जनाएका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसको १४औँ महाधिवेशनमा युवाहरूले कब्जा जमाइरहेका बेला तनहुँमा पनि युवा नेतृ ढकालले राम्रो मत पाएर प्रदेश प्रतिनिधिमा चयन भएकी छिन् । कांग्रेसको महाधिवेशनमा यस पटक युवाहरूले राम्रा स्थानहरूमा जितेका छन् । युवाहरूलाई पार्टी नेतृत्वमा जानका लागि अप्रत्यक्ष रुपमा कार्यकर्ताको साथ र समर्थन देखिएको छ ।