रुपन्देही – बजारमा खाने तेलको मूल्य बढेपनि उपभोक्तालाई के कारणले बढेको पत्तो छैन । अन्तर्राष्ट्रिय बजारमा तोरीको मूल्य बढेपछि खाने तेलको मूल्य बढेको उद्योगीको भनाइ छ ।


ADVERTISEMENT


उत्पादक र व्यापारीले यहीं अन्यौलतालाई छोपेर धेरै मूल्य बढाएकाले उपभोक्तालाई मार परेको हो । तेल उद्योगी, थोक बिक्रेता र खुद्रा बिक्रेताले आवश्यकभन्दा बढी मुनाफा राखेपनि कुनै निकायबाट यसको अनुगमन हुन सकेको छैन । उनीहरुका आआफ्नै बलिया संगठन छन् तर संगठन नै नभएका उपभोक्ता खुद्रा बिक्रेताले भनेकै मूल्य तिर्न बाध्य छन् ।


ADVERTISEMENT

# # #


नेपालका ठूला उद्योगीहरुले क्यानडा, अष्ट्रेलिया, युक्रेनलगायतका देशबाट तोरी ल्याउने हो, उहीँ तोरीको मूल्य बढेकाले यहाँ बढेको हो– रुपन्देहीको गोविन्द आयलका संचालक बृजेश अग्रवाल भन्छन् । अहिले हामीले घाटा नै खाएर चल्नुपरेको छ तर उपभोक्ताले धेरै मूल्य दिनुपरेको सुनेका छौं, कोरोनाकालमा रहेको संकट देखाएर केही खुद्रा व्यापारीले बढी मूल्य लिएको सुनेका छौं, सरकारले तत्काल छानविन गरोस्–उद्योगी अग्रवालको भनाइ छ ।

‘उद्योगीले लगानी र लागतअनुसारको मुनाफा नै लिनपाउने अवस्था छैन तर उपभोक्ता मारमा परेको दोष हामीलाई पनि आएको छ यो राम्रो होइन, यहाँ भारतको खुला बार्डरबाट आउने गुणस्तरहीन तेलले पनि अर्को समस्या थपेको छ’, त्यो सस्तो हुन्छ, ‘अग्रवालले भने, ‘हामीले १३ प्रतिशत भ्याट तिर्नुपरेको छ, बिजुलीको उस्तै समस्या छ, कामदार र यातायातको उस्तै समस्या छ, भारतमा यी समस्या धेरै कम भएकाले मूल्य सस्तो भएको हो ।’ उनका अनुसार २ सय ३८ रुपैयाँ प्रतिलिटरमा उद्योगीले दिएको तोरी तेलको मूल्य बजारमा ३ सय ४० रुपैयाँभन्दा माथि रहेको छ ।

गतवर्षको माघ महिनामा खुद्रा मूल्य प्रतिलिटर २ सय २० रुपैयाँ रहेको खाने तेलको मूल्य अहिले ३४० पुगेको छ । यस अवधिमा सबैभन्दा बढी धारा तोरी तेलको मूल्य सबैभन्दा बढी बढेको छ । धारा तेलमा सबै कोलमा पेलिने भएकाले केही महंगो पर्ने उद्योगीको भनाइ छ ।बजारमा पाइने ब्राण्डेड तेलहरु भन्दा बढी मूल्य स्थानीय तेल मिलहरुमा पाइने तोरी तेलहरुको बढेको उपभोक्ताहरु बताउँछन् ।

अहिले स्थानीय तेल मिलहरुले तोरीको तेल ४ सय १० भन्दा माथिको मूल्यमा बिक्री गरिरहेका छन् । यसअघि ३ सय २० रुपैयाँमा बिक्री भइरहेको थियो । सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल)को मूल्य पनि सोही अनुपातमै महंगिएको छ । गतवर्ष माघ महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकोमा अहिले २६० र सनफ्लो तेलको मूल्य १५० बाट २६० रुपैयाँ पुगेको छ ।

खुद्रा व्यापारी अशोक न्यौपानेका अनुसार तोरीको तेल कसरी महंगो भएको आफूलाई जानकारी नभएको तर खरिद मूल्यमा प्रति लिटर १० रुपैयाँ राखेर बेच्ने गरेको बताउँछन् । यसैगरी वनस्पती घिउको मूल्यसमेत दोब्बर भएको बेकरी उत्पादकहरु बताउँछन् । बेकरी उत्पादनका लागि प्रयोग हुने बनस्पति (डाल्डा) घिउको मूल्य गतवर्षको माघ महिनामा प्रति १३ किलो १८ सय रुपैयाँ रहेकोमा अहिले ३६ सय रुपैयाँ पुगेको छ ।