मकवानपुर – नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत  मकवानपुर प्रतिनिधि सभा २ को प्रदेश सभा (क)बाट मिलन पुडासैनी प्रदेश महािधिवेशन प्रतिननिधिमा विजयी भएका छन् । पुडासैनी लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका मकवानपुरका जल्दाबल्दा युवा नेता हुन् ।


ADVERTISEMENT


पुडासैनी शनिबार मकवानपुर प्रतिनिधि सभा २ को प्रदेश सभा (क)का लागि भएको चुनावमा भारी मत ल्याउँदै प्रदेश महाधिवेशन प्रतिनिधि छानिएका छन् ।


ADVERTISEMENT

# # #


युवा नेता पुडासैनी नेपाली कांग्रेस  बागमती प्रदेशका  सभापति इन्द्र बानियाँको प्रमुख स्पकीय सचिवकारुपमा पनि लामो समयदेखि कार्य गर्दै आएका छन् ।

युवा नेता पुडासैनीले महाधिवेशन प्रतिनिधिमा कुल खसेको मत ५२७ मा ३१८ मत पाएर विजयी भएका छन् । उनले आफूलाई प्रतिनिधिका रुपमा विजयी गराउन अहम् भूमिका खेल्ने कांग्रेस नेता, कार्यकर्ता र मतदातालाई धन्यवाद समेत दिएका छन् ।

उनले आफूलाई मत दिने मततदाताको आफू ऋणी भएको र महाधिवेशन प्रतिनिधिका हिसाबले आफ्नो जिम्मेवारी पूर्णरुपमा बफादार भइ  निर्वाह गर्ने घोषणा पनि गरेका छन् ।