रुपन्देही – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनका क्रममा रुपन्देहीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच हानाहान भएको छ ।


ADVERTISEMENT


रुपेन्देही क्षेत्र नं। ३ ‘क’ मा मतगणना चलिरहेका वेला हानाहान भएको हो । दुवै पक्षको हानाहानमा पाँच जना घाइते भएका छन् । देउवा पक्षले आक्रमण गरेको पौडेल पक्षको आरोप छ। झडपमा कांग्रेसको क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्थ घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


क्षेत्रीय निर्वाचनमा देउवा पक्षबाट सुरेन्द्रजंग थापा र पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार रहेका थिए । सभापतिमा पौडेल पक्षले अग्रता लिएपछि देउवा पक्षले आक्रमण गरेको जनाइएको छ ।

देउवा पक्षका नेता एवं कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले कार्यकर्ताबीच धकेलाधकेल भएको बताएका छन् । मादक पदार्थ सेवन गरेका कार्यकर्ताबीच विवाद बढ्दै जाँदा झडपको अवस्था आएको उनको भनाइ छ । क्षेत्रीय अधिवेशनमा १६ पदमध्ये १५ मा देउवा पक्षले जितेको छ। सभापतिमा पौडेल पक्षले अग्रता लिइरहेको वेला झडप भएको हो ।