काठमाडौँ – शताब्दीपुरुष सत्यमोहन जोशीलाई नेपालको पहिलो विद्युतीय राहदानी (पासपोर्ट) प्रदान गरिएको छ ।


ADVERTISEMENT


राहदानी विभागमा बुधबार आयोजित कार्यक्रममा शताब्दीपुरुष जोशीलाई परराष्ट्रमन्त्री ड. नारायण खड्काले पहिलो विद्युतीय पासपोर्ट प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी इपासपोर्ट जारी गरेको हो । इ–पासपोर्ट सर्वसाधारणका लागि भने मंसिर १५ गतेबाट पूर्णरुपमा वितरण थालिने राहदानी विभागले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले इ–पासपोर्ट सवै जिल्ला र विभिन्न नियोगहरुबाट वितरण हुने बताए ।

विद्युतीय राशदानी नियाल्दै शताब्दीपुरुष जोशी ।

राहदानी लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता अव हट्ने भन्दै उनले अव सवै काम अनलाईन प्रणालीबाट हुने उल्लेख गरे । मन्त्री खड्काले देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र नेपाली राहदानीको सम्मान थपिने जिकिर गरे ।

त्यस्तै शताव्दी पुरुष जोशीले पासपोर्ट नागरिकको पहिचान भएको भन्दै नया प्रविधिले समस्या झेल्नुनपर्ने विश्वास व्यक्त गरे ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

कार्यक्रममा शताब्दीपुरुष शत्यमोहन जोशीले आफ्नो पूरानो एमआरपी पासर्पोट विभागलाई हस्तान्तरण गरे । जोशीको उक्त पासपोर्ट विभागको सङग्रालयमा राखिने विभागका महानिर्देशक डोरनाथ अर्यालले जनाए ।

आफ्नो पूरानो पासपोर्ट हस्तान्तरण गर्दै शताब्दी पुरुष जोशी ।

तस्बिर :रासस