काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको छ ।


ADVERTISEMENT


शुक्रबारदेखि शुरुहुने शहीद स्मारक ए डिभिजन लिगका लागि एन्फाले कतार एयरवेजसँग सम्झौता नविकरण गरेको हो । यसअघि पनि कतार एयरवेज नै ए डिभिजन लिगमा मुख्य प्रायोजकको रुपमा रहेको थियो । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्द इल इमानले सम्झौता नवीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


अहिले पनि ए डिभिजन लिगको नाम ‘कतार एयरवेज ए डिभिजन लिग’ नै रहने छ । यो वर्ष लिगको प्रायोजन गरेबापत कतार एयरवेजले १ लाख ५० हजार डलर एन्फालाई प्रदान गर्ने छ । यो डलर रकम अर्को वर्ष ५ लाख पुर्याउने लक्ष्य रहेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । कतार एयरवेजका कन्ट्री म्यानेजर इमानले नेपालको फुटबलको विकासका लागि कतार सधैं तयार रहेको बताउँदै यो सम्बन्ध अझै लामो समय सम्म जाने विश्वास व्यक्त गरे ।

ए डिभिजन लिग शुक्रबारदेखि शुरुहुँदै छ । उद्घाटन खेलमा फ्रेण्ड्स र सातदोवाटोबीच प्रतिस्पर्धा हुने छ । १४ टिम सहभागी खेलमा सबै टिमले १३ खेल खेल्ने छन् । कुल ९१ खेलको नतिजाले ए डिभिजन लिगको उपाधि छिनोफानो हुने छ ।