काठमाडौँ – चिनियाँ नागरिकले देश फर्कन पाउनुपर्ने भन्दै चिनियाँ दूतावासबाहिर बुधबार पनि प्रदर्शन गरिएको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले म चीन फर्कन चाहन्छु’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।


ADVERTISEMENT

# # #


आफ्नै खर्चमा नै देश फर्कन चाहेपनि फर्किन नपाएकाले प्रदर्शन गरिएको उनीहरुले बताएका छन् । करिव दुईहजार चिनियाँ नागरिक देश फर्कन चाहेको उनीहरुको भनाई छ ।