चीन – विश्वकै धनी देशको रुपमा अब चीन स्थापित भएको छ । यसअघि अमेरिका विश्वको धनी देशका रुपमा रहे पनि अब भने अमेरिकालाई उछिन्दै चीन धनी  देश भएको हो । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो।


ADVERTISEMENT


तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ। विश्वको कूल सम्पत्तिको एकतिहाइ सम्पत्ति चीनको रहेको छ । पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।


ADVERTISEMENT

# # #


चीन विश्व व्यापार संगठन ९डब्लूटीओ० को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र विकास भएको विज्ञहरुले बताउँदै आएका थिए । अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ ।

विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुबै देशमा दुईतिहाइभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ । म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन्।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ । रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिब ६८ प्रतिशत सम्पत्ति घरजग्गा क्षेत्रमा लगानी भएको छ ।