काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा अनसन बस्न खोज्ने एक महिला समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


न्यायालय खोल्नु पर्ने माग राख्दै अनसन बस्न लागेका तारा बराल लगायतको समूहलाई प्रहरीले काठमाडौंको भद्रकारीबाट नियन्त्रणमा लिएको हो । लामो समयदेखि सर्वोच्च बन्द भएका कारण आफूहरुले विरोध जनाएको उनीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


सर्वोच्च अदालतमा आन्दोलन गर्नेलाई अदालतको काम गर्न नपाउने गरी हटाउनुपर्ने र एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै उनीहरुले खुल्ला आमरण अनसन बस्ने तयारी गरेका थिए । यसअघि पनि उनीहरुले बारको आन्दोलनको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।