मुगु – मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गएराति साँढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT


ठिङने लामाको घरमा पूजाका लागि जलाएको बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने नियन्त्रणमा आइनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘आगलागीबाट धेरै नोक्सानी भएको अनुमान छ मानविय क्षति भने भएको छैन ।’ अहिले सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको उनको भनाइ छ ।