काठमाण्डौं-राष्ट्रपति विद्यादेवी भण्डारी खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमणका लागि आज सोमबार त्यसतर्फ जाँदैछिन् । भ्रमणको कार्यक्रम आइतबार सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


भ्रमणका क्रममा नेपाल र यूएईबीच आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको छ । यस्तै राष्ट्रपति भण्डारी यूएईस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतले दिने रात्रिभोजमा पनि सहभागी हुनेछिन् ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तिमा राष्ट्रपतिले दुईपक्षीय छलफलका साथै त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्ने उल्लेख छ । एक मन्त्री, तीन सचिव, सल्लाहकार, छोरी, सहयोगीलगायत २० भन्दा बढी सदस्यीय टोलीका साथ उनी त्यसतर्फ जान लागेकी हुन् ।

खाडी मुलुकबीच नै आन्तरिक सम्बन्ध सुमधुर हुन नसकेको अवस्थामा राष्ट्रपति भण्डारी खाडीकै एक मुलुक यूएई जान लागेकी हुन् । परराष्ट्रको सल्लाहलाई बेवास्ता गर्दै उनको आफ्नै इच्छामा पारित गराइएको उनको भ्रमणको कार्यक्रम त्यसतर्फ जानु २४ घण्टा अघि मात्र सार्वजनिक गरिएको हो ।

यूएई, साउदी अरेबिया र इजिप्टलगायतका मुलुकले कतारमाथि नाकाबन्दी लगाएपछि खाडीमा ठूलो धु्रवीकरण छ ।