काठमाडौँ – राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयक अघि बढाउनका लागि पहल गर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको विमोचन गर्दै उनले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउन पहल गर्ने बताएका हुन् । उनले गैरआवासीय नेपालीको समस्या समाधानका लागि पनि आफूले पहल गर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


संघलाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्ने भन्दै उनले संस्थाको शुद्धिकरणमा भूमिका खेल्न सुझाव दिए । उनले मुलुकको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमल खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले आफ्नो कार्यकालमा संस्थालाई सामाजिक र परोपकारी संस्थाका रुपमा थप उन्नतशील बनाउने प्रतिवद्धता व्यक्त गरे ।