काठमाडौँ– अन्तर्राष्ट्रिय मधुमेह दिवसको अवसरमा ह्याम्स अस्पतालद्धारा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


काठमाडौंको धुम्बाराहीमा रहेको अस्पतालले सो अवसरमा जनचेतनामूलक र्‍याली एवम् निःशुल्क स्वास्थ्य शिविर लगायतको कार्यक्रमहरु सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


मधुमेह रोगबारे जनमानसमा जनचेतना जगाउने उद्देश्यका साथ जनचेतनामूलक स्लोगन तथा सन्देशको प्लेकार्डसहित आयोजना गरिएको र्‍याली अस्पतालदेखि धुमवाराही हुदैँ नारायण गोपाल चोक पुगेर समाप्त भएको थियो । सो समारोहमा अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एथ्लेटिक्स तथा स्थानिय प्रहरी प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो ।

यसका साथै यसै दिवसको उपलक्ष्यमा ह्याम्सले आइतबार निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरेको छ । अस्पताल परिसरमै आयोजित उक्त शिविरमा भने ह्याम्सले सर्वसाधारणलाई निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षणको सेवा उपलब्ध गराएको थियो ।

सन् २००६ देखि अन्तराष्ट्रिय स्तरमा मनाउँदै आएको यस दिनको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने गरिन्छ । प्रत्येक वर्ष कुनै न कुनै उद्देश्यका साथ मनाईने यस दिवस यसपटक भने, ‘एक्सेस टु डायबिटिज केयर, ईफ नट नाउ ह्वेन?’ अर्थात्, ‘मधुमेह उपचारको पहुँच अहिले नभए कहिले?’ भन्ने मुल नाराका साथ विश्वभर मनाइदैँछ ।