काठमाडौं – नेपाली कांग्रेसले पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको छ ।


ADVERTISEMENT


पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो पटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।

त्यस्तै बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तयारी समितिहरु पनि गठन गर्ने विषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने शर्माले बताए । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरे पनि महाधिवेशनका विषयमा देखिएका अन्यौलता अन्त्य हुने उनले बताए ।

त्यस्तै यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता विवादका कारणले ढिलाई भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारबाटै सुरु भएको छ ।

यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । कांग्रेसको निर्वाचन समितिले कार्तिक ११ गते महाधिवेशनको संशोधित कार्यतालिका प्रकाशित गरेको थियो ।