काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणनाका निमित्त भारतले अनुमति दिए मात्रै फिजिकल्ली रुपमा गरिने बताएका छन् । अनुमानका आधारमा गर्ने बताएको छ ।


ADVERTISEMENT


सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको बताउँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भारतले अनुमति दिएमा मात्रै फिजिकल्ली रुपमा जनगणना हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


अन्यथाको भारतको बिना अनुमतिमा त्यहाँको जनगणना अनुमानका आधारमा तय गरिने श्रेष्ठको भनाई छ । यसका लागि स्याटालाइट प्रयोग गरेर, घर गनेर, औसत निकालेर अनुमान गरिने उनले बताए ।

यद्यपि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्ने अन्य विकल्पको सम्बन्धमा समेत छलफल भइरहेको उनले जनाए ।