काठमाडौँ– नेपाल जिम्न्याष्टिक सङ्घले पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आज सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ ।


ADVERTISEMENT


नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन सङ्घले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको उक्त प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपीन दोङले खेलेका थिए । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् ।

नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको जनाए । रासस