काठमाडौं – नेकपा (एमाले) का नेता भीम रावलले आज हुने भनिएको पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति विपरीत रहेको बताएका छन् ।


ADVERTISEMENT


उनले सुपको भूमि अतिक्रमण भएकोले पार्टीले पनि सहमति विपरीत अतिक्रमणको चपेटामा परेको हो कि भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT

# # #


रावलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् बैठक कथित भएकोसमेत आरोप लगाएका छन्।

रावलले यस बैठकका निर्णयहरु अवैध र अमान्य हुने उल्लेख गर्दै अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा लागु नहुनुको कारण अध्यक्ष केपी ओलीसँग सोधेका छन् ।

रावलले सहमति झापामा लागु हुने र सुपमा लागु नहुने यस्तो गुटबन्दी गर्न पाइन्छ भनी प्रश्नसमेत  गरेका छन् ।

आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ। यो गुबन्दीको नमूना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् ।अपानि १२ झापामा लागु हुने, सु.प.मा लागु नहुने किन ?  यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि ?