काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले आज शिष्टाचार भेट गर्नुभएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सो भेटमा उनीहरुबीच युएन स्क्यापका गतिविधिका बारेमा कुराकानी भएको थियो ।सन् १९४७ मा स्थापना भएको सो सस्थामा हाल एसिया तथा प्रशान्त क्षेत्रका नेपालसहित ५३ देश सदस्य र विभिन्न ९ देश आवद्ध रहेका छन् ।


ADVERTISEMENT

# # #


पाकिस्तानका कार्यकारी सचिव अख्तरले सन् २०१४ देखि सो पदमा कार्यभार सम्हालेका थिए । युएन स्क्यापले यस क्षेत्रका आर्थिक एवम् सामाजिक विकास, यातायात, वातावरणीय तथा दिगो विकास, सूचना तथा सञ्चार, प्रविधि र समृद्धिलगायतका क्षेत्रमा सहयोग गर्दैआएको छ ।