जनकपुरधाम – डा सीके राउतको जनमत पार्टीले  दोस्रो चरणको आन्दोलनको  घोषणा गरेको छ ।


ADVERTISEMENT


दीपावली तथा छठ पर्वलक्षित  गरी राउतको पार्टीले भ्रष्टाचार तथा दमनविरुद्ध भन्दै  घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


कात्तिक १७ गते टोलटोलमा सरसफाइ गर्ने, १८ देखि २६ गतेसम्म राउतको जीवनी भिडिओ प्रदर्शन गर्ने एवं छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाइ गर्ने, कात्तिक २८ मा युवा दस्ता निर्माणका लागि हरेक वडामा प्रशिक्षक तोक्ने कार्यक्रम छन् ।

मंसीर ५ गतेसम्म दोस्रो चरणको कार्यक्रम गर्ने र सोहीदिन समीक्षा गरेर तेस्रो चरणको संघर्ष गर्ने राउतले बताएका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज नेताको राज होइन, जनताको राज, भ्रष्टाचारको अन्त्य र १० लाख रोजगारीका लागि सर्वपक्षीय जनआन्दोलन गर्ने विषयमा गाउँगाउँमा भेला आयोजना गरिँदैछ ।

पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा तोडफोड तथा आगजनी गर्ने इन्जिनियरहरूमाथि कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।