काठमाडौं – रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य संकटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने बताएका छन् ।


ADVERTISEMENT


मेदवेदेवले रोसीस्कायाद्वारा प्रकाशित लेखमा उल्लेख गरेका छन्, ‘यो स्पष्ट छ कि विश्व खाद्य संकट आउँदैछ। खाद्यान्नको मूल्य जताततै बढिरहेको छ, खाद्य मुद्रास्फीति तीव्र गतिमा छ ।’


ADVERTISEMENT

# # #


उनले विश्व अर्थतन्त्र सन् २००८–२००९ को आर्थिक संकटको तुलनामा निकै गम्भीर मन्दीबाट गुज्रिरहेको कुरामा जोड दिएका छन् । विदेशी व्यापारको पुन: शुरु हुने दरमा धेरै कुरा निर्भर हुनेछ, विशेष गरी सेवाहरूको निर्यात-आयातको सन्दर्भमा त्यसैले अब कसैले पनि सही पूर्वानुमान नसक्ने मेदवेदेवको टिप्पणी छ ।

रुसी सुरक्षा परिषद्का उपाध्यक्षले खोप र नयाँ भाइरसको उदय जस्ता गैर-आर्थिक कारकहरूले हाल विश्वको आर्थिक अवस्थालाई असर गरिरहेको पनि उल्लेख गरेका छन् । रासस