काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले बढेको हो ।


ADVERTISEMENT


हिजो आइतबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९१ हजार ८०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन यस अघि ९१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज सोमबार भने ९१ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ ।


ADVERTISEMENT

# # #


त्यस्तै, आइतबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।