विराटनगर –  नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशनमा  कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी छिन् ।


ADVERTISEMENT


आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले सभापतिमा उठ्ने घोषणा गरेकी हुन् । उमेदवार घोषणा गर्नका लागि नै विराटनगर आएको उनले बताएकी छिन् ।


ADVERTISEMENT

# # #


अघिल्लो महाधिवेशनमा महामन्त्रीकी दाबेदार रहेकी कोइरालाले विविध कारणले महामन्त्रीमा शशांक कोइरालालाई समर्थन गरेकी थिइन् । देशको उप प्रधानमन्त्री समेत रहेर काम गरिसकेकी कोइराला लामो समयदेखि कांग्रेसकाे राजनीतिमा सक्रिय छिन् ।

उनी स्वगर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी पनि हुन् । कांग्रेसमा कोइराला परिवारको विरासत जोगाउने साहस गर्दै सुजाताले सभापतिको दाबी गरेकी हुन् ।

गिरिजा बाबुले पनि विराटनगरमा आएर महत्वपूर्ण कुराको घोषणा गर्ने गरेको स्मरण गर्दै उनले विराटनगरबाट नै उमेदवारी घोषणा गरेको बताइन् ।

कांग्रेसले पनि अर्ली इलेक्सन चाहेकोले चाँडै देश निर्वाचनमा जाने उनको भनाइ रहेको छ ।