काठमाडौँ– नेपाल बार एशोसियन अगाडि आइतबार बिहान एउटा रोचक दृश्य देखियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु कालो पट्टिका साथ आन्दोलनमा उत्रिएका थिए, भने सोहि परिसरमा केहि समूह प्रधानन्यायाधीश जबराको बचाउ गर्दै सेतो पट्टिका साथ समेत प्रदर्शनमा उत्रिएको देख्न सकिन्थ्यो ।


ADVERTISEMENT


वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर पनि आफ्नो भाग खोजेको आरोप लागेपछि जबरा विवादमा तानिएका छन् । विवादपछि अधिकांशले उनले राजीनामा दिनुपर्ने राय राखेका छन् । संगै उनले न्यायाधीशहरुसंग बसेको बैठकमा ‘आफु बरु महाअभियोग खेप्न तयार तर, राजीनामा नदिने’ भन्ने संकेत दिएपछि उनी झन् विरोधको खाडलमा भाँसिएका छन् ।


ADVERTISEMENT

# # #


चौतर्फी विरोधको सामना गरिरहेका प्रधानन्यायाधीश जबराको निम्ति यस घडि निकै कष्टकर एवम् चुनौती समेत बन्न पुगेको छ । यद्यपि उनको यस कठिन परिस्थितिमा उनको विरोधी मात्रै नभई समर्थक समेत देखिएका छन् । अधिकांश बारका वकिलहरुले आँखामा कालो पट्टी बाँधेर जबराको विरोध गरिरहँदा केही वकिलहरुले हातमा सेतो पट्टी बाँधेर समर्थन गरेका हुन् ।

यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र गत शुक्रवार बार परिसरमै लाती खाएका भूमिनन्द चुडाल लगायत रहेका छन् ।