काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजीनामा माग गर्दै कानुन व्यवसायी कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका छन् ।


ADVERTISEMENT


आइतबार बिहान प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उनीहरु नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु कालो पट्टी बाँधेर आन्दोलनमा उत्रेका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा जबराले भाग खोजेको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । प्रधानन्यायधीश नै यस किसिमको विवादित काण्डमा मुछिनुले न्यायालयमाथि स्वतः अन्याय हुने भन्दै जबराले राजीनामा दिनुपर्ने उनीहरुको माग छ । र, यसरी आन्दोलनमा उत्रिनु आफुहरुको रहरले नभइ बाध्यता भएको उनीहरुको भनाई छ ।

उक्त प्रदर्शन गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध रहेको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलेको भनाई छ ।