काठमाडौं – नेपालमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ९२ हजार ४०० रुपैयाँ तोकिएको छ ।


ADVERTISEMENT


पहेँलो धातु बुधबार प्रतितोला  ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ रहने छ जसको मूल्य बुधबार ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै चाँदी प्रतितोला  एक हजार २५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधबार प्रतितोला  एक हजार २५० रुपैयाँमा नै कारोबार भएको थियो ।