काठमाडौं – विराटनगरमा रहेको  नेपाल आयल निगमको डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुगेको छ ।


ADVERTISEMENT


निरन्तर  पेट्रोलियम पदार्थको माग  बढिरहेका कारण  निगमले मट्टितेलका दुई ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्न लागेको बताएको छ । मट्टितेलको माग कमी हुँदै गएका कारण सोही ट्याङ्कलाई  पेट्रोल ट्याङ्कमा परिवर्तन गर्दा सहज हुने निगमको निष्कर्ष छ ।


ADVERTISEMENT

# # #


नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमता जम्मा ५ सय ६० किलोलिटर छ ।

‘उक्त क्षमताले डेढ दिनलाई मात्रै धान्छ,’ उनले भने, ‘मागलाई मध्यनजर गर्दै मट्टितेलका ट्याङ्कलाई नै पेट्रोल भण्डारणको रुपमा परिवर्तन गरिरहेका छौँ ।’

थप १४ सय किलोलिटरको क्षमता थपिँदा पेट्रोल ५ दिनलाई पुग्ने उनले बताए । ७ सय १० र ७ सय ५० किलोलिटर क्षमताका दुई ट्याङ्कलाई मट्टितेलको साटो पेट्रोल भण्डारणका रुपमा विस्तार गर्न लागिएको हो । यी ट्याङ्क रुपान्तरण गर्न २ करोड ५९ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।