काठमाडौं – आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।


ADVERTISEMENT


केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताइन् । उनकाअनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ ।


ADVERTISEMENT

# # #


आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उनले बताइन्।

पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद् बासीले बताइन् । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परेको छ ।

यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।