काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले एमालेले चाह्यो भने वर्तमान सरकार एक हप्तामै ढालिदिन सक्ने जिकिर गरेका छन् ।


ADVERTISEMENT


बुधबार एमाले बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले


ADVERTISEMENT

# # #


उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिने हो भने धेरै त नभनौँ एक हप्ताभित्र यो सरकार जान्छ । एमालेले ढाल्दिउँ भन्ने हो भने यस्तै साँटगाँठ, गठबन्धन गर्ने हो भने सात दिनभित्र ढाल्दिन्छौँ । लोभीपापीहरु छन्, दिए भइगो नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’

नेकपा एमालेसँग धेरै सांसद रहेको र अरुले भन्दा एमालेले धेरै दिन सक्ने बताउँदै भने अघि थपे, ‘अरुले पाँच बिलो (स–सानो भाग) लगाउनु पर्छ, हामीलाई त के छ र सिंगै आफू हो ।’ प्रचण्डलाई मिलाउन आफूले ४० प्रतिशत दिएको स्मरण गर्दै उनले कांग्रेसले माधवलाई ४० प्रतिशत भाग दिन सक्छ भन्दै प्रश्न गरे ।

यद्दपी उनले आफूहरुको गन्तव्य सरकार बनाउने नभएको बताए । ‘हामी जित्ने कुरा किन गरिराखेका छौँ, सरकार बनाउने कुरा किन गरिराखेका छौँ भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौँ ।’

एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्दै सरकारमा गएकालाई ‘कलंक’को संज्ञा दिँदै उनले उनीहरुकै कारण नेकपा एमालेमा धब्बा लागेको बताए ।