बीबीसी – उत्तर कोरियाले नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । सो क्षेप्यास्त्र पनडुब्बीबाट मार हान्न प्रयोग हुने बीबीसीले जनाएको छ ।


ADVERTISEMENT


उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाए अनुसार  दक्षिण कोरियाले  प्योङ्याङमा भएको सो परीक्षणबारे सार्वजनिक रिपोर्टमा सो कुरा बताइएको छ ।


ADVERTISEMENT

# # #


उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू भएको जनाएको छ।

यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको भेसलु बाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको उसले उल्लेख गरेको छ।

समाचारमा नेता किम जङअनबारे केही उल्लेख नगरिएकोले क्षेप्यास्त्र परीक्षणका बेला उनी उपस्थित नरहेको बुझिएको छ।

यसअघि दक्षिण कोरियाली सेनाले जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको मङ्गलवार जनाएको थियो।