काठमाडौँ – नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले शनिबार आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । नेता बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट नै मानव सेवा आश्रम सहयोग प्रदान गरेको बताए ।


ADVERTISEMENT

# # #


मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले उक्त सहयोग गरेको उनको भनाई छ ।

प्रदेश सांसदवापत प्राप्त हुँदै आएको सरकारी तलबभत्ताको केही अंश बानियाँले सामाजिक सेवामा लगाउँदै आएका छन् । उनले केही दिन अघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई समेत दशैं मनाउन ६० हजार रूपैयाँ सहयोग गरेका थिए ।