काठमाडौँ – रक्षामन्त्री डा. मिनेन्द्र रिजालले जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । आइतबार रक्षा मन्त्री रिजाललाई प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्डामा स्वागत गरेका थिए ।


ADVERTISEMENT


त्यस्तै प्रधान सेनापति महारथी शर्माले रक्षा मन्त्रीको सबल नेतृत्व र निर्देशनमा रक्षा मन्त्रालयबाट नेपाली सेनाको आधुनिकीकरण र पेसागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा रक्षा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रित रही प्रस्तुतीकरण भएको थियो ।


ADVERTISEMENT

# # #


प्रस्तुतीकरणपछि रक्षा मन्त्री रिजालले आफू यस पदमा नियुक्त भएकोमा गौरव महसुस गरेको बताए । उनले नेपाली सेनाले देशभित्र विपद् व्यवस्थापन र कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य तथा देशबाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे ।

उनले नेपाली सेनाले प्राथमिकतामा राखेका कामको कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।