काठमाण्डौं-स्विटजरल्याण्डसँग पराजित भएसँगै रूस विश्वकप फुटबलमा छनोट हुने उत्तरी आयरल्याण्डको सपनामा धक्का लागेको छ । ३२ वर्षपछि विश्वकप नजिक पुगेको आयरल्याण्ड एक विवादास्पद पेनाल्टीले पछि परेको हो । सन् १९८६ पछि उत्तरी आयरल्याण्डले विश्वकप खेल्न सकेको छैन ।


ADVERTISEMENT


बिहीबार राति भएको पहिलो लेगमा ५८ औँ मिनेटमा पाएको पेनाल्टी मार्फत स्वीटजरल्याण्डका रोड्रिगेजले खेलमा अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र उक्त गोल नै जितका लागि पर्याप्त भयो ।


ADVERTISEMENT

# # #


डि एरिया भित्र ह्याण्ड भएपछि स्वीटजरल्याण्डले पेनाल्टीको मौका पाएका थियो । तर सार्वजनिक भएको भिडियो फुटेजमा हेर्दा बल ह्याण्ड नभएको देखिएको छ । बल पाखुरामा लागेको देखिन्छ । खेलपछि आयरल्याण्डका खेलाडी र प्रशिक्षकले रेफ्रिबाट गम्भीर भुल भएको आरोप लगाएका छन् ।

दोस्रो लेग आउँदो आइतबार स्वीटजरल्याण्डमा हुने छ ।